रौतहट ०६ फागुन ।। रौतहट जिल्लाको मुख्य सिमानाका गौर बैरगिनिया बाट श्रोत नखुलेको रकम सहित १ व्यक्ति पक्राउ परेका छन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाट बुधवार भन्सार सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

जिल्ला रौतहट गौर न.पा.-१ स्थित भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा भारतको बैरगिनियाबाट गौर तर्फ आउदैगरेको BR.30L-8887 नं.को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला रौतहट दुर्गा भगवती गा.पा.-४ वस्ने ५० वर्षीय बिनोद प्रसादले लगाएको जुता भित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रुपैया ३,००,०००/-(तिन लाख) प्रहरीले फेला परेको हो ।

नगदी रुपैया सहित निजले चलाएको मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्याल रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here