रौतहट ०६ फागुन ।। रौतहटको जिल्लाको सबैभन्दा पुरानो र सदरमुकाम रहेको गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ताले चारतल्ले विद्यालय भवनको शिलान्यास गरेका हुन् । जिल्लाको पहिलो विद्यालयको रुपमा स्थापित रहेको न .पा . २ मा स्थित श्री जुद्ध नमूना माध्यमिक विद्यालयको नया भवनको शिलान्यास गरेका छन् ।

जुद्ध मावी गौरको प्राङ्गणमा संघिय सरकारको आर्थिक ४ करोडको लागतमा पाचँवर्ष भित्र क्रमिक रुपको बजेटबाट ४ तल्ले भवनको निर्माण हुने योजना रहेको छ । यस वर्षको लागि ९९ लाख बराबर को रकम बिनयोजन गरिएको छ ।

यस्ता विद्यालय भवन निर्माण कार्यमा टेन्डर र उपभोगता समितिको कार्य प्रभावकरी नदेखिएकोले भवनको निर्माणको लागि विद्यालय व्यस्थापन समिति द्वरा विद्यालय परिवार भित्रैका सदस्यहरु लाई निर्माण समिति बनाई भवनको कार्य जिम्मा दिएको बताए ।

रौतहटको सबैभन्दा पुरानो र एतिहासिक रहेको श्री जुद्ध नमूना माध्यमिक विद्यालयको शिक्षा र शिक्षा व्यस्था लगायतका गतिबिधि सुधार, मजबुत बनाउन अथक प्रयास निरन्तर रहने नगर प्रमुख गुप्तले बताएका छन ।

कार्यक्रममा विद्यालयका प्र्ध्यानाद्यापक चन्देश्वर राउत गौर नगरपालिकाको नि .प्र .प्र .अ . सुभाष ठाकुर , जेंसी तथा योजना शाखा प्रमुख जितेन्द्र भारती , शिक्षक नरेश प्र यादव लगाएत समाजसेवी जनप्र्तनिधि, संचारकर्मीहरुका उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here