एजेन्सी २५ साउन ।। भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको बुधबार स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई जिममा वर्कआउट गरिरहेका बेला हृदयघात भएको थियो र त्यसपछि उनलाई तुरुन्त अस्पताल लगिएको छ ।

ट्रेड मिलमा रनिङ गरिरहेका बेला छाती दुख्यो

रिपोर्टका अनुसार राजु श्रीवास्तवका भाइ दिपु र पब्लिक रिलेशन अफिसर (पिआरओ) ले उनलाई हृदयाघात भएको पुष्टि गरेका छन् । उनीहरुले दिएको जानकारी अनुसार राजु श्रीवास्तव होटलमा जिम वर्कआउट गरिरहेका थिए, त्यतिबेला ट्रेडमिलमा रनिङ गरिरहेका बेला उनलाई छाती दुखेको थियो र उनी लडेका थिए । त्यसपछि उनलाई तुरुन्त अस्पताल पुर्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here