काठमाडौं २३ साउन ।। पाँचवटा गाडी एक आपसमा ठोकिदा १५ जना विद्यार्थी घाइते भएका छन् । मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन ठोकिएको हो । सोमबार बिहान करिब ९ बजे हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको हो । दुर्घटनामा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

कार्कीका अनुसार सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो । त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २–०३–००१(ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here