सिरहा २३ साउन ।। सिरहामा ठूलो मात्रामा लागूऔषधको कारोबार भइरहेको स्थानबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नं. १ का ३० वर्षीय दिलिप साह र वडा नं. ७ का २८ वर्षीय गोपाल दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लहान ३ अस्पताल चोकस्थित सगरमाथा होटल लजको कोठामा आइतबार साँझ लागुऔषधसम्बन्धी शंकास्पद कारोवार भइरहेको सूचनाको आधारमा खटेको प्रहरी टोलीले दुबै युवकलाई लागुऔषधसहित पक्राउ गरेको निमित प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

प्रहरीले नरागन ९९१ एम्पुल, डाईजिपाम ९९१ एम्पुल, ब्युप्रिनोर्फिन ९९१ एम्पुल, स ६ प ६३३ नम्बरको मोटरसाईकल तथा मोबाइलसहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here