पर्सा १६ असार ।। पर्सामा मध्यरातमा जलाउँदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति करिब ११ बजे जिल्लाको बहुदरमाई नगरपालिका-७ विश्रामपुरकी १४ वर्षीया बालिकाको आधा जलिसकेको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार घटनास्थलबाट तीन जना महिलालाई नियन्त्रणमा लिएर सोधपुछ चलिरहेको छ । आत्महत्या गरेकी भनिएकी एक बालिकाको शव प्रहरीलाई खबर नगरी जलाइरहेको भन्ने जानकारी आएपछि प्रहरीको टोली खटिएको थियो ।

घटनास्थलमा पुग्दा पुरूषहरू सबै भागेको र तीनजना महिला पक्राउ उनले बताए । प्रहरीले सोधपुछ गरिरहेका मध्ये एक जना नाबालिग पनि छन् । उनीहरू एकै परिवारका हुन् । सुरूमा प्रहरीलाई आत्महत्या गरेको भन्ने खबर आए पनि त्यो पुष्टी नभएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रहरीले मृतकको परिचय खुलाएको छैन । प्रहरीले शवको पोष्टमर्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको छ । शवको ५० प्रतिशत भाग जलेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको र घटनामा संलग्न पुरूषहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here