रौतहट ०६ माघ ।। मधेश प्रदेशमा ५० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएका छन् । गत पुस २५ गते सम्ममा कोरोना विरुद्धको खोपको दुवै डोज लगाउने १८ वर्षमाथिका ३८ प्रतिशत थिए भने त्यो सङ्ख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झाले बताए ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार सर्लाहीमा ६३.३ धनुषामा ५२.६, बारामा ५३.६, पर्सामा ५१.१, सप्तरीमा ४७.७, सिरहामा ४६.८, रौतहटमा ३.६ र महोत्तरीमा ३६.६ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएका छन् ।

त्यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा खोप लगाउनेको सङ्ख्या करिब ५९ प्रतिशत छ । सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत नागरिकले पहिलो डोज लिएको निर्देशक झाले बताए ।

त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२.२ प्रतिशतले खोप लगाइसकेका स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपाल सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई खोपको दुवै डोज दिने लक्ष्य लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here