जनकपुरधाम ०१ भदौ ।। आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका हुन् ।

अध्यक्ष राउतले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै केही सिटमा भने तालमेल हुन सक्ने जनाए । राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौँ । केही सिटमा तालमेलको सम्भव छ, कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं । र कुनै क्षेत्रमा पनि तालमेलको हिसाबले मिलेर उम्मेदवारी दिइन सकिनेछ’, अध्यक्ष डा. राउतले भने ।

जनमत पार्टीले तराई–मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा उम्मेदवारी दिने बताउँदै पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here