रौतहट ०२ भदौ ।। रौतहट जिल्लामा बसले टेम्पु लाई ठक्कर दिदा टेम्पुमा सवार तीन जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।

चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलबहादुर बुढा मगरले जानकारी दिए ।

अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही २ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको उनले बताए ।

दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here