काठमाडौं,२५ मंसिर ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एजसेलको सेयर खरिद बिक्री प्रकरणलाई लिएर सरकारविरुद्ध भ्रम छर्न खोजिएको गुनासो गरेका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले एनसेल प्रकरणबारे सरकार चनाखो रहेको र सत्यतथ् छानबिनका लागि प्रतिबद्ध रहँदारहँदैपनि कतिपय मिडियाहरुले अनावश्यक प्रचार गरेको दाबी गरेका छन् ।

‘मैले यो विषय दुबईबाटै बुझ्न लगाएको हो। यहाँ फर्केको भोलिपल्ट मुख्यसचिवलाई राखेर एनसेलको कर लगाएतका विषय बुझ्न लगाए। निर्देशन जारी गरेँ,’ प्रधानमन्त्रीले भने, ‘विषयको गम्भीरता हेर्दा गठबन्धन दलको बैठक बोलाएर यो स्वभाविक छैन, यहाँ गढबढ छ, बोल्डली जानुपर्छ भनियो। क्याबिनेटबाट निर्णय गरियो। तर, केही मिडियामा एकसेल प्रकरणमा सरकारले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाइँदै छ। यो दुस्प्रचार हो ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here