रौतहट ०५ असार ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले पार्टी कार्यकर्ताको भनाइमा लागेर हिन्दुहरुको छठ पर्व गर्ने स्थानमा बल जवारदस्ती चिल्ड्रेन पार्क निर्माण गर्न लागेको स्थानीय वडा अध्यक्ष जनार्दन साहले आरोप लगाएका छन् ।

गौर नगरपालिका वडा नम्बर ८ स्थित गुठि सस्थानको नाउमा दर्ता कायम रहेको १० कट्ठा जग्गामा सम्वन्धित जग्गा धनि र वडा अध्यक्षको सहामति नलिकन मेयर शम्भु साहले आफ्नो कार्यकर्तालाइ उपभोक्ता समिति बनाएर बनाउन लागेको पार्कको विरुद्ध स्थानीयहरु आक्रोशित भएका छन् । वडा अध्यक्ष साहले भने चिल्ड्रेन पार्कको निर्माणको विषयमा वडा कार्यालयलाइ जानकारी गराइएको छैन ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयरमा निर्वाचित भएका शम्भु साहले कानुनलाइ मिचेर बलपूर्वक गुठीको जग्गामा पार्क निर्माण गर्न लागेको उहाले बताए ।
पार्क निर्माण भै रहेको जग्गा छठ घाटको रुपमा प्रयोग हुदै आएको बताउदै मेयर साहको तानाशाहीले गर्दा छठ पर्व गर्ने ब्रतालुलाइ ठुलो समस्या उत्पन्न हुने जिकिर वडा अध्यक्ष साहले गरेका छन् ।

नेपाली कांग्रेसवाट निर्वाचित भएको कारण बाइपास गरेर हिड्ने मेयर साहले गुठीको सम्पति बलजवारदस्ती कब्जा गर्न खोजेको दावी समेत गरे । पुर्व मेयर अजय गुप्ताको पालामा पुरेनवा देखि पुर्व तर्फ रहेको १८ कट्ठा जग्गामा पार्क निर्माण गर्ने सहमति हुदा हुदै पनि मेयर साहले सार्वजनिक सरोकारको विषय भएको जग्गामा आफ्नो मान्छेलाई कोटेशनमा ८३ लाखको बजेट विनियोजन गरेर अवैध रुपमा पार्क निर्माणको कार्य संचालन गर्न लागेको वडा अध्यक्ष साहले बताए ।

पुरेनवामा रामजानकी मन्दिरको पुजारी रहेको अरुण गिरिको कुरोमा लागेर मेयर साहले अरुको जग्गामा बलपूर्वक निर्माण कार्य गर्न लागेको स्थानियहरुले जनाएको छ । गुठि सस्थानले २०७९ अषाढ १ गतेका दिन जिल्ला प्रशासन कार्यालय रौतहटको नाउमा पत्राचार गर्दै विना स्वकृतिको गौर नगरपालिकाले गुठीको जग्गामा निर्माण कार्य गर्न लागेकोले रोक्का गर्न पत्राचार समेत गरेको छ ।

कसैको जग्गामा निर्माण कार्य गर्नु अघि जग्गा धनीको सहमति लिनुपर्ने कानुनी व्यवस्थालाई मेयर साहले बेवास्था गरेको वडा अध्यक्ष साहको भनाइ रहेको छ ।
पुरेनवा गाउका स्थानियहरुले बर्षौ देखि हुदै आएको छठ पर्वलाई धरासाही पर्ने उदेश्यले मेयर साहले गुठिको जग्गामा निर्माण कार्य गर्ने लागेको आरोप लगाएका छन् ।

निर्माण स्थलमा कार्य जारी रहदा पनि गौर नगरपालिकाको निमित प्रमुख प्रसश्कीय अधिकृत शुभाष ठाकुरले निर्माण कार्य स्थगित भएको दावी गरेका छन् । गुठि सस्थानको जग्गामा बलपूर्वक निर्माण कार्य गरेमा मेयरको विरुद्ध कडा आन्दोलन गर्ने समेत पुरेनवाका स्थानीयहरुले चेतावनी दिएका छन् ।
८३ लाखको लागतमा निर्माण भै रहेको चिल्ड्रन पार्कको कार्य कोटेशनमा भैरहेको निमित प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए । परको निर्माणको लागि ३ जनालाइ कोटेशन दिएको ठाकुरले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here