रौतहट, १२ अषाढ ।। रौतहट जिल्लाको कटान गर्ने बाढी पहिरो आउने बागमती नदिको नियंत्रणमा संघ सरकार र प्रदेश सरकारले ध्यान नपुर्याउदा जिल्लाका अधिकाशं क्षेत्रका जनता हतोत्साहित बनेका छन् । मानसुन सुरु भईसकेको तर नदि कटान लाई नियंत्रण गर्न कुनै ठोस कदम नचालिएकोले जनताहरु हतोत्साहित भएका छन् ।

नदी नियंत्रण गर्ने संबंधित मंत्रालय लाई पटक पटक लिखित सहित मैखिक रुपमा भने पनी कुनै किसिमको चासो नदेखाएको बताएका छन् । राजदेवी नगरपालिकाको आयोजनमा नगर कार्यपालिकाको कार्यालयमा आज बसेको विपदा व्यवस्था समितिकाको बौठमा नगर प्रमुख भिखारी प्रसाद यादवले आफ्नो कुरा राख्दै उनले बताएका छन् ।

वर्षेनी बागमती नदिले गरिरहेकाे कटानलाई नियन्त्रणकाे लागि ठोस रुपमा कार्य गर्नुपर्ने भएकोले स्थानीय सरकार असक्षम रहेकोले संघ सरकार र प्रदेश सरकारको आवश्यकता रहेको छ तर कुनै वास्ता नगरेकोले यस वर्ष नदीको किनार ततबंनध सम्म आईपुगेकोले ततबंनध समेत बगने सम्भावना रहेको छ । जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी प्रमुख अधिकारी, जिल्ला विपद व्यवस्था समिति प्रमुख समेत लाई नदिको अवस्था लाई अवलोकन गराईएको तर कुनै निकास पहल नदेखाएको उनले बताएका छन् ।

पछिलो वर्ष नदिमा बाढी को पानीको सतह कम रहेकोले क्षति कम भएको थियो तर पानिको सतह बढि भयो भने जिल्लाको राजदेवी नगरपालिका , दुर्गाभगवति गाउँपालिका, गौर नगरपालिका, यमुनामाई गाउँपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष असर पर्ने छन् । नदिको बहाव मुल धार छोडी ततबंनधको छिउ बाट गइरहेकोले खतरा बढी रहेको बुझिएको छ ।

आज बसेको बैठकमा नदि कटन नियंत्रणलाई नगर प्रमुख यादवले नगरपालिकाबाट हुने अस्थायी व्यवस्था जस्तै बालुवा,बोरा, सानो बोलडर, रस्सी जाली, बास भरयाङ्ग जस्ता समाग्रीहर वेवस्था मिलाएर राख्ने बताएका छन् । बाढी आएको बेला आम जनमानस लाई बचाव र सहयोगको लागि विपद व्यवस्थापन समिति, सुचना प्रविधि शाखा, स्वास्थ्य शाखा,कृषि शाखा, योजना शाखा, सस्त्र प्रहरी बल, जनपद प्रहरी, नगर प्रहरी, रेडक्रस सोसाइटी, संचारकर्मी लगायत लाई आफ्नो पुर्व तैयारी गरी राख्ने प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका छन् ।

आज बसेको विपदा व्यवस्था समितिकाको बैठक बाट निम्न निर्णयहरु गरिएको छ ।

– हालसालै सुरु भएको मनसुनको समयमा यस राजदेवी नगरपालिका भएर बग्ने बागमती नदीमा जलस्तर बढ्न गई बाढी आउने सम्भावनालाई मध्यनजर गर्दे सबै तहका प्रतिनिधिहरुले आ-आफ्नो क्रियाशीलतब ढाउने ।

– मनसुनको समयमा यस राजदेवी नगरपालिका भएर बग्ने बागमती नदीमा बाढीजन्य विपद्को समस्यालाई निराकरण गर्नका लागि यस नगरपालिका अन्तर्गत रहेका सुरक्षा निकायका प्रतिनिधि तथा यस नगरपालिकाका नगर प्रहरीहरु समेतहरुले जोखिम न्यूनिकरण अभ्यास गर्नुका साथै हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै तयारी अवस्थामा राख्ने ।

– हालको समयमा हुन सक्ने बाढीजन्य विपद्को समस्याबाट प्रभावित हुनेहरुका लागि विपद् खोज खुद्दार सामाग्री तथा राहत सामाग्री तयार अवस्थामा राख्ने ।

उक्त बैठकमा नगर प्रमुख भिखारी प्रसाद यादव, उप प्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, सुचना अधिकृत चन्द्रभुषण यादव, प्राविधिक संजय पाण्डे, चन्द्रशेखर सिह, योजना प्रमुख पंकज मिश्रा, कृषि शाखा प्रमुख प्रिति जयसवाल, बालबिकास शाखा प्रमुख, सबै वडाका वडाध्यक्षहरु, सस्त्र प्रहरी बेलविछवा कैंप निरिक्षक, रेडक्रस सोसाइटीका प्रतिनिधि अरुण जयसवाल, नगर प्रहरी प्रमुख समोद यादव लगायतका उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here