काठमाडौं २९ साउन ।। गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेश गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि ३१ साउनसम्मका लागि बैठक स्थगित गरिएको हो ।

गणपुरक संख्या ६९ हुनुपर्नेमा ६७ पुगेकाले बैठक साउन ३१ गते मंगलबार बिहान ११ सम्मका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सांसद प्रेम सुवालले गणपुरक संख्या नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । लगत्तै सभामुख सापकोटाले गणपुरक संख्या ६९ हुनुपर्नेमा ६७ भएकाले बैठक साउन ३१ गते मंगलबार बिहान ११ सम्म स्थगित भएको जानकारी दिए ।

विधेयक पारित गर्न गणपुरक संख्या नपुगेपछि प्रस्तावित कार्यसूची सूचीबाट हटाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here