काठमाडौं, २६ पुस ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जस्तोसुकै संकट आएपनि वीर अस्पतालका बिरामीको खाना, खाजा खर्च कटौती नगर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग आज (बिहीबार) सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

अस्पतालका बिरामीको खाना र खाजा खर्च कटौती भएको सुन्दा मलाई निकै दुख लागेको थियो। अहिले त्यो सुविधा यथावत राखिएको छ। जस्तोसुकै संकट आओस्, तर आगामी दिनमा उनीहरूको सुविधा कटौती गर्ने कुरा नसोच्नुहोला।’ उनले भने, ‘उनीहरूलाई कसरी छिटो, गुणस्तरीय र सर्वसुलभ सेवा दिन सकिन्छ, त्यसमा ध्यान केन्द्रित गर्नुहोला। म चाहन्छु– बिरामीहरूले तपाईहरूलाई आफ्नै अभिभावक ठान्न सकून् ।

वीर अस्पताल नेपालको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण अंग भएको उनले बताए । वीर अस्पतालमा दूरदराजका गरिब, बिपन्न र असहायहरूले निशुल्क उपचार गर्न पाउन् भन्ने आफ्नो चाहना रहेको उनले बताए । उनीहरूका लागि राज्य वास्तविक अर्थमा अभिभावक बन्न सक्नुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here