काठमाण्डौ, १९ मंसिर ।। आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस : यो दिनलाई नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका रुपमा मनाउने गरिन्छ । यसवर्ष २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’ नाराका साथ मनाईंदैछ ।

आजको दिन महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र मनोबल उच्च राख्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम हुँदैछन् । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भूमिका रहेको युनिसेफले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएपनि कतिपय अवस्थामा स्वयंसेवकका रूपमा खटाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here