कास्की, १४ पुस ।। पाेखरा महानगरपालिका-२७ लेखनाथमा बसले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।

आज बिहान बाग्लुङबाट भैरहवाका लागि छुटेकाे लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर भित्तामा ठाेक्किँदा भारत घर भएकी इसरावती कुमारीकाे ज्यान गएकाे हाे ।

उनकाे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ज्यान गएकाे हाे । घाइते तनहुँकाे म्याग्दे गाउँपालिका-१ का ४६ वर्षीय रामजी गन्धर्व र पर्साकी ४६ वर्षीया चिजमायाँ गन्धर्वकाे लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here