एजेन्सी २२ साउन ।। वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ । शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगावै जितेको हो ।

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगावै १ सय ३२ रनमा अलआउट भयो । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी-ट्वान्टी आइतबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here