काठमाडौं २९ साउन ।। नेकपा एमाले निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ ।
त्रिविको केन्द्रीय कार्यालयमा आइतबार र सोमबार हस्ताक्षर संकलन गरेर कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।
नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले सो तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।