काठमाडौं २९ साउन ।। सेयर बजारमा २७ अंकको गिरावट आएको छ । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा झरेको छ । बजार ओरालो लागेसँगै १ अर्ब ८७ करोड बराबरको सेयर कारोबार भयो । सेन्सेटिभ इन्डेक्स पनि ४ अंक बढिले ओरालो लाग्यो ।
आज २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँमा खरिदबिक्री भयो । अघिल्लो साताको पाँचौं कारोबार दिन बिहीबार १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो । शुक्रबार सार्वजनिक विदा परेकाले कारोबार भएन ।
यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखियो। मनु एन्ड प्रो समूहको सर्वाधिक ३.५८ प्रतिशतले सेयर मूल्य घट्यो । यस्तै, ट्रेडिङ, फाइनान्स,लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट समूहको सूचक २.७२ प्रतिशतले ओरालो लाग्यो । डेभलपमेन्ट, हाइड्रोपावर, अदर्श र माइक्रो फाइनान्स समूहको १ प्रतिशत बढिले सूचक घट्यो ।
आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन । सबै सूचक नकारात्मक देखिएको सेयर बजारमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरीको १६ करोड बढिको सेयर कारोबार भयो । ११ करोड बढिको सेयर कारोबार गरी नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रह्यो ।