काठमाडौं २१ साउन ।। परराष्ट्रमन्त्री एनपी साउदले विगतमा छिमेकी मुलुकहरूसँगको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याउने प्रयास भइरहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मन्त्री साउदले विगतमा छिमेकी मुलुकहरूसँग भएको सन्तुतिल सम्बन्धलाई वर्तमान सरकारले सन्तुलनमा ल्याउने कोशिस गरिरहेको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फलदायी भएको दावी गरे । भारतसँग मात्र होइन चीनसँग पनि नेपालको राम्रो सम्बन्ध भएको उनको भनाइ छ । विगतमा छिमेकी मुलुहरूसँग बिग्रेको/भत्केको सम्बन्धहरूको सुधार गर्ने प्रयत्नमा छौं,’परराष्ट्रमन्त्री साउदले भने ।

साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहेको दोहोर्‍याएका छन् । मन्त्री साउदले भने,’ सेप्टेम्बर तेस्रो वा चौथौ साताका लागि प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहेको छ । प्रधानमन्त्री स्वयंले पनि छिट्टै आफू चीन भ्रमणमा जाने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here