काठमाडौँ २१ साउन ।। नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् ।
प्रस्तावित जिम्मेवारीअनुसार अग्नि सापकोटा प्रचार विभाग तोकिएको छ । प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई प्रस्ताव गरिएको छ ।
पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरी सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने माओवादी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कुन नेतालाई के जिम्मेवारी ?