महोत्तरी, ३० फागुन ।। महोत्तरीबाट विभिन्न डाँका घटनामा संलग्न आरोपमा एक कुख्यात डाँका पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नं. ०२ (डि)– टोल बस्ने कर्मेश्वर पासवान रहेको प्रहरीले जनाएको छ ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलिले पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

डिएसपी गिरीका अनुसार पक्राउ परेका पासवान कातिक २० गते राति महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवाडाको डकैती घटना, असार २९ गते महोत्तरी गाउँपालिका ३ र असार २९ गते राति नै महोत्तरीकै सोनमा गाँउपालिका २ तरहारीमा भएको डकैती घटनामा संलग्न छन् । उनी यी घटनाहरु पश्चात लामोसमयदेखि फरार रहेको थिए ।

पक्राउ गरेर महोत्तरी जिल्ला अदालतमा पेश गरेको थियो । उनलाई मंगलबार जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here