रौतहट ०८ जेठ ।। रौतहटको परोहा नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले शपथ ग्रहण गरे सँगै कार्यभार पनि सम्हालेका छन् । सो नगरपालिकाको निर्वाचित वडा अध्यक्षहरूलाई आज दिउँसो शपथ ग्रहण गराइएको थियो । आइतवार एक कार्यक्रमकाबीच परोहाका नगरप्रमुख शेख वकिलले वडाध्यक्ष र वडा सदस्यहरुलाइ शपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण लगतै परोहा नगरपालिका वडा नम्बर ७ का नव निर्वाचित वडा अध्यक्ष नागेन्द्र प्रसाद पटेलले पदभार ग्रहण गर्नु भएको छ । निर्वाचित वडा सदस्यहरु गौरी राय यादव,सेख बसिर,पुनम देवी,गिता देवी सँगै उनले पदभार ग्रहण गर्न वडा कार्यालयमा पुगेका थिए । नेकपा माओवादी केन्द्र बाट वडाध्यक्षको उम्मेदवार बनेका उनले ५७७ मत प्राप्त गरेका थिए ।

त्यस्तै सो नगरपालिकाको वडा नम्बर ८ का नवनिर्वाचित वडा अध्यक्ष खेदु मुखिया सहित वडा सदस्यहरुले पदभार सम्हालेका हुन् । उनीसँगै वडा सदस्यहरु वीरेन्द्र प्रसाद कुर्मी,अब्दुल सलाम।राजवती देवी,राजकलि देविले पदभार ग्रहण गर्नु भयो । सो वडाका वडा सचिव सेराज अहमदले पदभार ग्रहण गराउनु भएको थियो ।
सो अवसरमा स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरु,राजनैतिक दल,पत्रकार,सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here