वीरगञ्ज १० असोज । प्रदेश २ लाई तालिबान बनाउन खोजेको भन्दै वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाइएको छ । राष्ट्रिय एकता अभियानले वीरगञ्जमा नाराबाजी गर्दै मुख्यमन्त्री राउतको पुत्ला जलाएको हो ।

मदरशा विधेयक ल्याएर प्रदेश २ लाई तालिबान बनाउन बनाउन खोजेको भन्दै अभियानले शनिबार वीरगञ्जमा नाराबाजी गर्दै मुख्यमन्त्री राउतको तस्बीरसहितको पोस्टर जलाएको छ । नाराबाजीको क्रममा अभियानका नेता तथा कार्यकर्ताहरुले मदरशा विधेक खारेज गर, प्रदेश २ लाई तालिबान बनाउन पाउँदैदन, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतको नारा लागएका थिए ।

वीरगञ्जको माइस्थान मन्दिर अगाडीबाट निकालिएको विरोध जुलुस महानगरको परिक्रमा गरि घण्टाघरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै राष्ट्रिय अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको इसारामा नेपालमा मदरशा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालबान बनाउ खोजेको आरोप लगाए ।

उनले मदरशा विधेयक खारेज नगरे मुख्यमन्त्री विरुद्ध कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here