रौतहट ७ बैशाख ।। जिल्लाको मध्य भाग रहेको गरूडा नपा वडा नं ७ भिन्डावर टोलमा नेपाली काँग्रेस पार्टीका आज पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।

२०७४ सालको स्थानीय चुनावमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा नं ७ मा वडाअध्यक्ष पदमा उम्मेदवार र जसपा जिल्ला कमिटी सदस्य समेत रहेको धिरेन्द्र प्रसाद यादव उर्फ राजु यादवले आज एक कार्यक्रम समारोह बिच नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन । नवनिर्वाचित जिल्ला सभापति सुनिल कुमार यादव उर्फ जितेन्द्रको प्रमुख आतिथ्यमा विभिन्न दलमा आवद्ध रहेको नेता कार्यकर्ताहरू सामूहिक रूपमा सयौं भन्दा बढीको संख्यामा प्रवेश गरेका हुन ।

देशमा स्थानीय तहको चुनावी समय अवधि नजिकिँदै गएको हुनाले अबको समृद्धि काँग्रेसको नेतृत्वमा अवस्य देखिएको कारणले पालिका, प्रदेश र संघमा काँग्रेसको उम्मेदवारहरूलाई जिताउन मतदाता मालिकले आफ्नो अमुल्य मत रूख छापमा दिन प्रमुख अतिथि जिल्ला सभापति सुनिल कुमार यादवले बताए । लोकतन्त्रको रक्षक गर्ने पार्टीको रूपमा काँग्रेस मात्र एक पार्टी रहेको छ । केपी ओली नेतृत्वको कम्युनिस्टहरूले देशको अर्थतन्त्र साढे ३ बर्षको सरकार चलाएर पुरै धराप पारेको छ । जनमतको कदर गरि यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लुटेरा, भ्रष्टाचारी र जनताको मानसम्मानलाई कहिले बुझ्न नसक्ने पार्टीका उम्मेदवारलाई कुचोले सफाइ गर्न मतदाताहरूलाई सुवर्ण अवसर रहेको उनले बताए ।

जिल्लामै व्यवसायी रूपले चिनिने गरूडा नगरपालिका हो । यश नगरमा सबल, सक्षम, सहनशीलता भएको व्यक्तिलाई रोज्नुपर्छ । विकास तिब्रगतिमा हुनुपर्ने ठाउँमा एकलौटी शासनको कारण जनताले पाउनु पर्ने सेवासुविधाबाट बन्चित गरि आफ्नो फैदा बाहेक अरू केही गर्न सकेन । यो स्थानमा व्यवसायीलाई भयमुक्त आफ्नो व्यापार गर्न वातावरणको सृजना अनिवार्य हुनुपर्छ त्यसको लागि नेपाली काँग्रेस पार्टीको सम्पूर्ण उम्मेदवारलाई एक-एक महत्त्वपूर्ण भोट दिएर नगरपालिकाको पदमा जिताउनुपर्छ भने जिल्ला सभापति यादवले आग्रह गरे ।

पार्टी प्रवेश कार्यक्रमको सभापतित्व वडासभापति रमेश कुमार यादवले गरेको थियो । कार्यक्रममा गरूडा नगरपालिकाको मेयर प्रत्यासी सुनिल यादव, जिल्ला सदस्य उपेन्द्र यादव, वडाअध्यक्ष चुनचुन साह, वडाअध्यक्ष सुन्दर पटेल लगायतका उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here