रौतहट ०७ फागुन ।। रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मीले पूर्वले पाँच वर्षमा गर्न नसकेका कामहरु आफु मेयरमा निर्वाचित भएको १० महिनामै गरेर देखाएका छन् ।

नगर प्रमुख कुर्मीले जनताप्रति निकै उत्तरदायी भएर विपक्षीको विभिन्न बाधा अवरोधका बावजुद छोटो समयमै २५ वटा विभिन्न जनमुखी कार्य गर्न सफल भएका हुन । उनले छोटो समयमा नै जनताका लागी धेरै राम्रा काम गरि सकेका छन् । उनको राम्रा कामहरुबाट वृन्दावन नगरका जनता आजभोली निकै खुसी देखिन्छन । मेयरको रुपमा कुर्मी निर्वाचित भए तब जनताले जनप्रतिनिधि भएको अनुभुति हुन थालेको बताउँछन ।

पूर्व मेयर यादवले आफना पाँच वर्षको कार्यकाल पहिलाको गाविस भवनमै नगरपालिका कार्यालय सञ्चालन गर्दै बिताए तर नगर प्रमुखमा कुर्मी निर्वाचित भएपछि उनले सबभन्दा पहिला नगरपालिका कार्यालयलाई विस्तार गर्दै दुई वटा थप प्रशासनीक भवन निर्माण गर्न सफल भए । भवनको अभावमा कर्मचारीहरुलाई कामकाज गर्न निकै समस्या हुँदै आएको थियो तर नगर कार्यपालिका कार्यालय विस्तार भएपछि अब कर्मचारीहरुलाई कामकाज गर्न निकै सहज भएको छ ।

नगरपालिका कार्यालयको पाँच वर्षदेखी बाँकी रहेको बिजुलीको पैसा भुक्तानी गर्दै मेयर कुर्मीले आम नागरिकको कामकाजमा छिटोछरितो होस भन्ने उद्देश्यले नगरका सम्पूर्ण वडा कार्यालयहरुमा अनलाईन सेवा शुरु गर्नुका साथै अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नगरभरीका कार्यालयहरुलाई व्यवस्थित गरेका छन् ।

कोठाको अभावमा विद्यार्थीहरुको पठन–पाठनमा समस्या हुँदै आएकोमा विभिन्न विद्यालयमा नयाँ भवन निर्माण गरिनुका साथै भ्रष्टाचार गर्ने नियतले अपचलन गरिएको करिव ७ करोड रुपैयाँ कोष तथा लेखा नियन्त्रण कार्यालय गौरमा फिर्ता गरिएको नगर प्रमुख कुर्मीले बताए ।

विभिन्न स्वास्थ्य चौकीहरुमा थप भवन निर्माण गर्दै प्रसुती गृहको सेवा उपलब्ध समेत गराइएको बताउँदै उनले केही वडाका कच्ची सडकलाई ढलान गरी पक्की बनाइएको बताए । मेयर कुर्मीले यसरी आम जनतालाई प्रत्यक्ष फाइदा हुने एकपछि अर्को कयौं जनमुखी कार्यहरु गरेका हुन् । जनताको काममा ढिला सुस्ती नगर्न कर्मचारीहरुलाई आफुले दिएको निर्देशन अनुसार नै उनिहरु काम गरिरहेको बताउँदै उनले भने, मेरो लागि सुशासन पहिलो प्राथमिकता हो, कार्यालयले प्रवाह गर्ने सेवा सुशासनमुखी हुनुपर्छ।

अधिकांश जनप्रतिनिधिहरु जनता भन्दा आफुलाई बढी फाइदा हुने माटो, ग्रेवल, ढलान जस्ता कामहरु गरी अकुत सम्पती आर्जन गर्नेतर्फ केन्द्रित रहेको अवस्थामा वृन्दावनका मेयर कुर्मीले आम नागरिक लाभान्वित हुने कामहरुलाई दु्रत गतिमा अगाढि बढाइरहेको देख्दा नगरवासी निकै उत्साहित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here