रौतहट २१ चैत ।। रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानुको साटो नक्कली परिक्षार्थी परीक्षा दिई रहेको अवस्थामा चैत १९ गतेका दिन पक्राउ परेका छन । दोषी लाई अनुसंधान गरी कार्यवाही गर्न सचेत आम नागरिकहरु द्वरा जिल्ला प्रसाशन प्रमुख , जिल्ला शिक्षा समन्वय एकाई, नेपाल पत्रकार महासंघ रौतहट शाखा लाई सोमवारका दिन ज्ञापनपत्र बुझिएको छ ।

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रसाशन प्रमुखले अनुसन्धान दुरुत गतिले भइरहेको र जोकोहि दोसी भएपनि कानुन बमोजिम कडा भन्दा कडा कार्यवाही हुने प्र्द्तिब्धता समेत गर्नु भयो । साथै जिल्ला शिक्षा कार्यालय प्रमुखले शिक्षा एन अनुसार दोषी ठहर हुने ब्यक्ति लाई कानुन बमोजिम कार्यवाही हुने छन् भने विश्वास दिलाए । जिल्लाको एक स्थानीय सरकारका प्रमुख कानुले आफ्नो सट्टामा नक्कली व्यक्ति राखेर एसइइ परिक्षा दिदै गराएको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट पक्राउ परेको थियो ।

जिल्लामा रहेका मौलापुर न. पा. अवस्थित श्री लक्ष्मीनिया मा. वि. मौलापुर परिक्ष केन्द्रमा प्रतिक न. ३५०३७२८ का परिक्षार्थी देवाही गोनाही न.पा. का नगर प्रमुख प्रेमलाल साह कानु रहेका स्रोतले दावी गरेका छन् । तर उक्त परिक्षार्थी का साटा रेडियो नेपालको कर्मचारी गरुडा न.पा.वडा नं. ६ पोठियाही निवासी नक्कली परिक्षार्थी कमल साहले परिक्षा दिइ रहेका अवस्थामा प्रकाउ परेको छ । नगर प्रमुखले आफ्नो ठाउँमा परिक्षा दिन लगाउने र नक्कली परिक्षार्थी दुवै जना दोषी छन् र नगर प्रमुखका ज्वाई रहेका छन् भने स्रोतले जनाएको छ ।

एसइई परिक्षामा नगर प्रमुख जस्ता गरिमामय पदमा वसेको व्यक्तिले अर्मादित एवम् गैर जिम्मेवार पूर्ण ढङ्गले परिक्षा दिन लगाउने नगर प्रमुख कानु प्रकाउ नपर्नु दुखत कुरा रहेको छ । कानुनी राज्यमा जो कोही भएपनि कानुनको दायरामा ल्याउनु नै सुशासन हो । यस्ता नगर प्रमुख पदीय मर्यादालाई दुरुपयोग गर्नेलाई तत्काल प्रकाउ गरी कानूनी राज्यको अनुभूति गराउन हुन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

उता नगर प्रमुख कानुले मेरो चरित्र हत्या गर्ने उदेश्यले परपंच गरि मेरो नामको नकली फारम भरि प्रवेश पत्र बनाई बदनाम गर्न खोजि रहेको उनि बिज्ञप्ति मार्फत जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here