काठमाडौं १३ असार ।। गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने पत्र अमेरिकालाई पठाएको बताएका छन् । राष्ट्रिय सभा बैठकमा सोमबार बोल्दै गृहमन्त्री खाँणले एसपीपीमा आबद्ध नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकी सरकारलाई पठाइएको जानकारी दिए ।

‘परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने पत्र पठाइसकेका छौं । मन्त्रिपरिषद्ले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय ग‍र्‍यो,’ उनले भने ।

असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेको थियो। त्यससँगै परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई पत्रसमेत पठाउने निर्णय गरेको थियो ।

नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिको प्रतिकूल हुने प्रावधान राखिएको एसपीपी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि सरकारको चर्को आलोचना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here