रौतहट १५ असा ।। रौतहट जिल्लाको पशु सेवा विज्ञ केन्द्र रौतहटमा कार्यक्रमको लागि सस्था छनौटमा अनियमिता भन्दै उजुरी परेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट द्वारा संचालन हुने संघीय सरकारबाट हस्तानान्तरित सशर्त कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गतको १ वटा भैसी वलक कार्यक्रममा मापदण्ड विपरित कृषि फर्म सस्था छनौट गरिएको भन्दै उजुरी परेको छ ।

करिव ७० लाख अनुदान रहेको सो कार्यक्रम संचालनको लागि परेको निबेदनको आधारमा मापदण्ड नपुगेको कृषि फर्मलाइ छनौट गरेको तथा मापदण्ड पुरा गरेको कृषि फर्मलाई योजना प्रमुख विरेन्द्र प्रसाद पटेलले बाइपास गरेकोले छनौट गरिएको सस्था संग सम्झौता नगर्न माग गर्दै राजदेवी कृषि तथा पशु फर्म गौर ५ का संचालक सुधिर यादवले उजुरी दर्ता गरेको हो । रौतहट जिल्लाको माधव नारायण नगरपालिका तथा दुर्गा भगवती गाउपालिकामा संचालन हुने सो भैसी वलक पौकेट कार्यक्रमको लागि २०० उन्नत जात तथा ४०० लोकल जातको भैसी हुनु पर्ने कार्यविधिमा व्यवस्था भएको यादवले बताए ।

२०७८ पुष २८ गतेमा प्रकाशन भएको सुचनाको आधारमा कृषि विज्ञ द्वारा प्रस्तावना तयार पारी सर्वे समेतको कार्य सम्पन्न गरि निर्देशिकाले तोकेको कागजात समेत पुरा गरि दर्ता गरेको फर्मलाइ आर्थिक प्रलोभनमा पारी योजना प्रमुखले कागजात नै पुरा नभएको रामजानकी कृषि पशु फर्म प्रा लि दुर्गा भगवती ४ र अरुण एण्ड आदर्श एकीकृत पशु तथा कृषि फार्म माधव नारायण नगरपालिका ७ लाइ अषाढ १४ गते मा एकै पटक प्रस्तावना छनौट भएको सुचना प्रकशित गर्दा अनियमितता भएको आशंका भएकोले छानविन हुनु पर्ने माग निबेदन पत्रमा उल्लेख गरिएको छ ।

माघ २८ मा प्रस्तावना माग गरिएको सुचना प्रकाशित हुदा फाल्गुन महिना सम्ममा प्रस्तावना छनौट हुनु पर्नेमा ५ महिना पछि अन्तिम समयमा सुचना प्रकाशित गर्दा आर्थिक चलखेल भएको अनुमान गर्न सकिने निवेदक यादवको भनाइ रहेको छ । ठुलो अनुदान रकम भएको सो कार्यक्रमको लागि अषाढ १४ मा सम्झौता गर्दा १० दिन भित्रमा कार्य गर्न सकिने सम्भावना न्यून रहेको छ । आर्थिक वर्ष २०७८ / ०७९ मा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटबाट संचालन हुने अन्य योजना गोठ सुधार कार्यक्रम , विपन्न बर्गको लागि बाख्रा पालन कार्यक्रममा योजना प्रमुख पटेल विवादित बनेका छन् ।

प्रदेश सरकारको कार्यक्रमलाइ प्रभावित बनाएर सरकारलाई बदनाम गराउने गलत मानसिकता बोकेका पटेल र पशु प्राविधिक पाचौ मदन सिंह यादवलाई रौतहटबाट सरुवा गर्न स्थानीय किसानहरुले सम्वन्धित मन्त्रालय सित जोडदार माग गरेका छन् । पशु सेवा विज्ञ केन्द्रका प्रमुख राम पवित्र दासले उजुरी परेको बताउदै यस बारे छानविन हुने जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here