राैतहट ०८ माघ ।। रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिकाका विधार्थीहरू असोज/कार्तिक महिनामा हुने अर्द्धवार्षिक परीक्षा शिक्षा संयोजक अरबिन्द यादव, पुर्व प्रधानाध्यापक र जनप्रतिनिधिकाे लापरवाहीका कारण १० औं महिनामा परिक्षा दिन बाध्य बनेका छन् ।

जिल्लाको देवाहीगोनाही अन्तर्गत पर्ने श्री जय किसान नमुना माध्यमिक विधालय धरहरीको बिधार्थीहरूले १० महिना बितिसकदा पनि न पुस्तक पाएका छन न काेही बिषयको शिक्षक शिक्षण गराएका छन् तर पनि पढाइ नभएको बिषयमा परीक्षा दिन बिधार्थीहरु बाध्य बनेका छन् ।

दोस्रो त्रैमासिक परीक्षा हुँदा पनि देवाहीगोनाही नपा अन्तर्गतको विधालयहरूमा अहिलेसम्म पाठ्यपुस्तक अध्ययनरत बिधार्थीहरूले पाएका छैन्न तर पाठ्यपुस्तकको नाममा लाखौंलाख रकम निकासा भएको शिक्षा संयोजक अरविन्द यादवले दावी गरेका छन् ।

समयमा पाठ्यपुस्तक र शिक्षक उपलब्ध न भएका कारण विधार्थीहरुको जिवन संग खेलवाड भएको छ । विधार्थी संग सोध्दा पाठ्यपुस्तक र शिक्षकहरुको द्वारा शिक्षण न गराएका कारण प्रश्न पत्रमा लेखिएको प्रश्न नै लेखी उत्तर पुस्तिका बुझाएको विधार्थीहरु बताएका छन् ।

यस्तौ नेपाल अधिराज भरिमा यो रौतहट जिल्ला मानव सुचाङकमा ७७ स्थानमा रहेको छ त्यसमा पनी बिकासका नाममा जितेका जनप्रतिनिधिका यो रवैयाले बालबालिकाको जिवन संग खेलवाड भईरहेको जनकारहरुले बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here