रौतहट ०६ माघ ।। रौतहट जिल्लाको माधवनारयण नगरपालिका वडा नं -०८ बस्ने जय किशोर प्रसाद कुशवाहाको छोरा वर्ष ९ को आशनारायण प्रसाद कुशवाहा लाई हत्या गर्ने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहटले आज पत्रकार सम्मेलन गरि हत्या गर्ने दुई जना लाई सार्वजनिक गरेका छन् । आफ्नै घरबाट हराएको र निजलाई खोजतलाश गर्ने क्रममा कुशवाहाको शव प्रहरीले बागमती नदीमा भेटेको थियो ।

पक्राउ पर्नेमा मृत कुशवाहाको आफ्नै चाचा पर्ने माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय राम रहेको रौतहट प्रहरीले जनाएको छ । पुर्खैनी जग्गा बाडफाड सम्बन्धी पुरानो रिसवी र सधैंको झैझगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेको खुलासा भएको प्रहरीले दाबी गरेको छ ।

२०७८ मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो । २५ गते घर बाहिर खेल्नगएका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको गोठाले छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीले जनाएको छ ।

हत्या गरेको दिन उनीहरुले बालकको शवलाई सोही छाप्रोमा लुकाए राखिएको थियो । दोश्रो दिन अबेर राति घर भन्दा १ मिलोमिटर टाढा रहेको परालको थुप्रोमा लुकाए राखियो । बिस्तारै शव बाट गन्ध आउन थाले पछि प्लास्टिकको बोरामा राखी उनीहरुले २९ गते राति बागमती नदीमा लागि शव फलेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताएका छन् । सैलाई शंका नहोस भनेर काका जयराम परिवारजनसँगै खोजतलाश गर्न पनि गए उनले बताएका छन् ।

उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा हत्या भएको ठाउँ बाट टाढा ट्याक्टर उपर राखेको , बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको प्रहरी उपरीक्षक बुढामगरले पत्रकार सम्मेलन बीच बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here