काठमाडौं ०२ भदौ ।। सांसद भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा मान्य नहुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिदै सांसद रावलले नेपालमा विदेशी नागरिक हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा किमार्थ मान्य नहुने बताएका हुन् ।

‘नागरिकताजस्तो संवेदनशिल विषयमा संसदीय दलमा छलफल हुनुपर्ने भएपनि भएन । नागरिकताजस्तो राष्ट्रियताको संवेदनशिल विषयमा ख्याल ठट्टा गर्नुहुँदैन । बालुवारमा बस्ने पाँच दलको संयन्त्र कुन संविधानको कुन धारा अन्तर्गत् हो । त्यसले त्यहाँबाट जे फैसला गर्‍यो त्यो संविधानभन्दा माथि हुन्छ?,’उनले भने।

उनले गैरकानुनी नागरिकताको छानविन हुनुपर्ने माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here