रौतहट, २१ भदौं ।। रौतहट जिल्लाको शिवनगर स्थित हेल्थपोष्टमा स्वास्थ्यकर्मीको लापरवाहीले सुत्करी महिलाको मृत्यु भएको छ । सुत्करी महिलाको मृत्यु आफन्तहरु टायर बालेर स्वास्थ्यकर्मी र अस्पताल बिरुध्द विरोध प्रदर्शन गर्दा शिवनगर तनावग्रस्त बन्न पुग्यो । गरुडा नगरपालिका वडा नम्वर ५ शिवनगर महादेवस्थान नजिक रहेका हेल्थपोष्टको प्रसुतीगृहमा स्थानीय अरबिन्द साहकी श्रीमती रमिता कुमारी साह सुत्केरीको ब्यथाले च्यापेकी महिला भर्ना भएकी थिइन् ।

उक्त प्रसुतीगृहमा हेल्थअशिष्टेन्टले सुत्केरी गराउने क्रममा शैल्यक्रिया गर्दा अत्याधिक रक्तश्राव हुनथालेपछि महिलालाई वीरगञ्ज रेफर गरियो । वीरगञ्ज तर्फ लैजाने क्रममा अत्याधिक रक्तश्रावबाट बाटोमै शुक्रवार विहान मृत्यु भएको थियो ।

आफन्त संगै आक्रोशित बनेका स्थानीयहरुले बाटो अवरुद्ध गरी टायर बालेर स्वास्थ्यकर्मी विरुद्ध चर्को नाराबाजी गर्दा करिव दुई घण्टा सम्म बाटो अवरुद्ध भए । कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको इकाल प्रहरी कार्यालय गरुडाबाट बुझिएको छ ।

मृतक महिलाको शवलाई स्वास्थ्यचौकी अगाडि राखेर परिवारजन तथा स्थानियहरुले प्रर्दशन गरेका छन । आक्रोशित जनताहरुले मेयर कन्थमनि प्रसाद जयसवाल, वडा अध्यक्ष र स्वास्थ्य चौकीका चिकित्सक विरुद्ध नाराबाजि गरिरहेका छन् । पीडित पक्ष संग वार्ता एवं छलफल गरेर शवलाई व्यवस्थापन गर्नका निमित्त गरुडा नगरपालिकाको कार्यालय छलफल गर्ने तयारी भईरहेको इप्रका गरुडा डिएसपी राजन कार्कीले जानकारी दिए ।

पीडितहरुले चिकित्सकको लापरवाहीबाट मृत्यु भएका महिलाको आश्रित परिवारलाई क्षतिपूर्ती देउ, शैल्यक्रिया गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने, प्रसुतीगृहमा दक्ष चिकित्सकको प्रबन्ध मिलाउनुपर्ने लगायतको मागहरु राखेर प्रदर्शन गरिरहेका छन् ।

   teraitop

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here