काठमाडौं १२ भदौ ।। राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनरविचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता विधेयक -२०७९ का सम्बन्धमा आइतबार राष्ट्रियसभा बैठकमा जानकारी गराइएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनरविचारका लागि फिर्ता भएको नेपाल नागरिक विधेयक (पहिलो संशोधन २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराइएका छन् ।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक यसअघि प्रतिनिधि सभाबाट जस्ताको त्यस्तै पारित भइसकेको छ। प्रतिनिधि सभाबाट पारित भएको सो विधेयकबारे आज राष्ट्रियसभामा जानकारी गराइएको हो ।

संघीय संसदको दुवै सदनबाट पारित भइ नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । विधेयक संशोधन गर्नुपर्ने भन्दै राष्ट्रपतिले १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here