एजेसी २६ साउन ।। नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना डाक्टर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरीलाई पक्राउ गरेको हो ।

शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन् ।

योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here