रौतहट २७ फागुन ।। विपक्षीहरु द्वारा विभिन्न आन्दोलन, अफवाह फैलाए पनी सफलता पाउन नसकेपछि विकास विरोधीहरूले अहिले कार्यपालिकाको कार्यालय निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो गाउँ तिर लगिरहेको झुठो भ्रमित कुरा समुदायमा छरिएर जनतालाई जुटाउन प्रयास नया संडयन्त्रको रुपमा पुनः सुरु गरेको छ ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको कार्यपालिका कार्यालय सेवा केन्द्र वडा नं २ बिश्रामपुरबाट अन्तै लैजाने सार्ने तयारी भइरहेको झुठो हल्ला समाजमा फैलाएर भोलि जनताको भिडभाड गर्न तर्खरमा रहेको केही बिरोधि तत्वलाई फाल्गुन २८ गते आइतबारदेखि विगतको जस्तो कार्यालयबाट नियमितरूपमा सेवाग्राहीहरूले पाउदै आइरहेको सेवासुविधा सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि र म आफै नगर प्रमुख बिनोद प्रसाद कुर्मी त्यहाँ बसेर बिहान ९ बेलुका ५ बजेसम्म कार्यालय खोलेर दिने बताएका छन् ।

विगत केही महिनाअघि देखि बृन्दावन नगरपालिकाको कार्यालयमा आएर आन्दोलनको नाममा अराजकता फैलाउने कर्मचारी माथि कुटपिट गर्ने, जनप्रतिनिधिलाई ज्यानै मार्दिने धम्की दिने, कार्यालयमा तालाबन्दी गरिने जनताले पाउने पर्ने सेवामा बिरोध खडा गर्ने जस्ता किसिमको विभिन्न समस्यालाई सामना गरि आफूहरू नडराएर निरन्तर जनताले दिएको जनमतलाई साक्षी राखि आफ्नो अधिकारको प्रयोग गरि ती आन्दोलनको नाममा व्यक्तिगत स्वार्थ पुरा गराउन दिनरात बार्गेनिङ्ग गर्नेहरूलाई कुनै वस्ता नगरेपछि उहाँहरूको आन्दोलन पछाडिको वास्तविक अनुहार सम्पूर्ण बृन्दावनबासी राम्रोसँग पहिचान गरिसकेको हुनाले अहिले जनसमुदायलाई झुठो अफवाह फैलाएर नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगरपालिकाको कार्यालय सारेर हर्साहा तिर लगिरहेको भनी अन्धकारमा धकेल्न खोजिरहेको यसबाट सचेत रहन नगरबासीलाई अनुरोध मेयर कुर्मीले गरेका छन् ।

नेपाल सरकारले तोकिएर पठाएको स्थानमै कार्यालय रहने र केही दिनभित्र ६ करोडको लागतमा बृन्दावन नगरपालिकाको कार्यपालिका कार्यालयको शिलान्यास हुने कार्य हुनेछ छ अहिले भवन निर्माणका लागि डिपिआरको कार्य सम्पन्न भइसकेको छ । जब कार्यपालिका सार्नै थियो भने मसँग बहुत प्रयाप्त छ जतिसुकै आन्दोलन भएपनि बोर्डको निर्णय गराएर सजिलै सार्न सकिन्छ तर मेरो त्यस्तो कुनै सोच रहेको छैन अनि सायद हुनपनि सक्दैन किनकि २०७४ मा कांग्रेसबाट निर्वाचित मेयर रामस्नेही राय यादवले आँखा अस्पतालको नाममा बनाइएको भवनमा सेवा केन्द्र सार्न खोज्दा म आफै हर्साहाबाट आएर तोकिएकै स्थानमा पालिकाको कार्यालय हुनुपर्छ भनेर सेवा केन्द्र अन्त्य जानदिएन । अहिले त सेवा केन्द्र सार्ने कुरा कसैले मेरो कार्यकालमा नगर्दा हुन्छ । आँखा अस्पतालको नाममा बनाएको भवन अहिले पनि त्यस्तै अलपत्र रहेको सबै नगरबासीलाई थाहै रहेको उनले बताए ।

त्यसैले मलाई असफल बनाउन, जनताले पत्याउन नसकेको व्यक्तिहरू पराजित भएपछि मसँग विभिन्न किसिमको बार्गेनिङ्ग, आफ्नो आसेपासेलाई जागिर लगाईदिने, बिना योजना सम्झौता समेत नरहेको कार्यको भुक्तानी, आधीअधुरो गुणस्तरीयता नभएको कामको भुक्तानी दिन दबाब दिने न मानेकोले यो सबै आन्दोलन र जनतालाई ठंग्न खेल केही सिमित व्यक्ति जसले आफूलाई नेता ठान्छन् तिनीहरू सुरु गरेको छ यसको पछाडि नलाग्न आग्रह मेयर कुर्मी गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here