काठमाडौं, १२ असोज ।। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरूद्ध मुद्दा दायर गरेको हो ।

आयोगले घोडाघोडी नगरपालिका -२ साडपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा रातह शिक्षकमा कार्यरत शाहमाथि आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दाय गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न परेको उजुरीका आधारमा अनुसन्धान हुँदा प्रमाणपत्रहरू झुट्टा प्रमाणित भएपछि मुद्दा दायर गरेको जानकारी दिए ।

शाहको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडिएट एजुकेसन,यूपी राजकीय हुसेनावाद इन्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएको अख्तियारको ठहर छ ।

झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएकाले शाहविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय र मागदावीसहित आरोप-पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here