न्युज डेस्क ०२ असार ।। एनएमबी बैंक लुटेर अझै फरार रहेका छन् भन्ने प्रहरी अनुसन्धानमै ब्यस्त रहेका छन् । महोत्तरीको महोत्तरी गाउँपालिका– २ बजार स्थित एनएमबी बैंक लुटिएको डेढ महिना वितिसक्दा पनि लुटेरा अझै फरार रहेका छन् । लुटेराहरु पक्राउ गर्न बैंक लुटिएदेखि प्रहरी अनुसन्धानमै छ । तर लुटमा संलग्न एक जना पनि पक्राउ परिसकेका छैन् ।

गत जेठ १६ गते दिउँसै पेस्तोलसहित चार जनाको एक समूहले बैंक लुटेको थियो । लुटेराहरु अझै पक्राउ नपर्दा जिल्लाको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा भएको छ । महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले सो विषयको अनुसन्धान अन्तिम चरणमा रहेको दाबी गर्छन् । तर, बैंकबाट अनुसन्धान सुरु गरेपछि ढिलो भएको उनी स्वीकार गर्छन् ।

हामीहरु जहाँबाट घटना भयो त्यहीबाट अनुसन्धान सुरु ग¥यौं,’एसपी मल्ले भने,‘ तब सम्म ढिलो भइसकेको थियो । लुटेराहरु अर्लट भइसकेको थियो । त्यही भएर बढी समय लागिरहेको छ ।’ उनका अनुसार लुटेराहरुको विषयमा प्रमाण फेला परिसकेको छ । अन्य मुलुकको व्यक्ति संलग्नता रहेको देखिएको छ ।

प्रहरीले मानवीय, प्राविधिक र व्यवहारिक तरिकाबाट अनुसन्धानको आधारमा केही प्रमाण फेला पारेको उनले बताए । तर, उक्त प्रमाण पर्याप्त नरहेको उनले बताए । बैंकले सुरुमा ३५ लाख लुटिएको भने पनिपछि हिसाव किताव मिलाउँदा १५ लाख एक हजार चार सय ९३ रुपैयाँ मात्रै लुटिएको उनले बताए । लुटेराहरु मास्क लगाएर गत जेठ १६ गते अपरान्ह् १२ बजेर २५ मिनेटमा हतियारसहित चार जना बैंक प्रवेश गरेको सीसीटिभी फुटेजमा देखिन्छ । उनीहरुले मुखमा मास्क र हातमा हतियार बोकेका थिए ।

उनीहरुले सुरुमा काउन्टर बाहिरबाट एक कर्मचारीलाई पेस्तोल देखाएका थिए । त्यसपछि ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेका थिए । लुटेराहरुले एक सेवाग्राहीको कपडा लिइ भित्र गइ पैसा संकलन गरेका थिए । केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here