रौतहट ०२ साउन ।। रौतहट जिल्लाका पत्रकार अभिमनु पटेल बेस्ट अनलाइन जर्नलिस्ट अवार्ड बाट सम्मानित हुनु भएको छ । नेपाल इन्स्टिच्युट अफ मास कम्युनिकेशन प्राली द्वारा बाराको कलैयामा आयोजित मधेश प्रदेश मिडिया अवार्ड “२०७९”कार्यक्रममा सम्मान गरिएको छ । “मधेश प्रदेश मिडिया अवार्ड “२०७९“ प्रदेश स्तरीय ८ जिल्लाका सक्रिय संचारकर्मीहरूलाई सम्मान तथा अवार्ड कार्यक्रममा आयोजन गरिएको थियो ।

जिल्लाबाट लामो समयदेखि पत्रकारिता र समाजसेवा गर्दै आएका रिपोर्टस क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष, मधेश मिडिया प्रा.लि. का अध्यक्ष प्रख्यात युवा क्रान्तिकारी पत्रकार पटेललाई आज एक कार्यक्रम बिच अर्वाडबाट सम्मानित गरिएको छ । नेपाल इन्स्टिच्युट अफ मास कम्युनिकेशन प्रालीका अध्यक्ष आनन्द शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा २० विद्यामा मधेश प्रदेशका विभिन्न संचारमाध्यम एवं संचारकर्मीहरुलाई अवार्ड प्रदान गरिएको थियो । पूर्व गृहराज्य मन्त्री रिजवान अंसारीले उक्त अर्वाड बाट सम्मान गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here