रौतहट १० असार ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको उतरी भेगमा रहेको वृन्दावन नगरपालिकाको छैठौं नगरसभा तथा दोस्रो कार्यकालको पहिलो नगरसभा शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ । वृन्दावनको छैठौं नगरसभाले ८५ करोड ४३ लाख ३७ हजारको कुल बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे । नगर सभाका सभाअध्यक्ष तथा वृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले वृन्दावन नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि ८५ करोड ४३ लाख ३७ हजार रुपियाँको अनुमानित वजेट सार्वजनिक गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण नगर प्रमुख बिनोद प्रसाद कुर्मीले प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ् ।

प्रस्तुत बजेट मध्ये आय तर्फ गरिएको अनुमान संघिय वितिय समानिकरण अनुसार -१३ करोड ४४ लाख रहेको छ भने संघीय विशेष अनुदानबाट १ करोड ७० लाख,संघीय समपुर अनुदान १ करोड ५० लाख,संघीय राजस्व बाँडफाँड ११ करोड ४८ लाख ७९ हजार,आन्तरिक श्रोत ७ करोड १० लाख,प्रदेश समानिकरण अनुदान ९६ लाख ५८ हजार,प्रदेश विशेष ३० लाख,प्रदेश समपुरक अनुदान २० लाख,प्रदेश राजस्व १५ लाख,संघिय सरकार तथा प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने रकम ४ करोड ३६ लाख जुन यो भन्दा पहिलाको कार्यकालमा फ्रिज भएको थियो,संघिय सशर्त र्तफको २२ करोड ३३ लाख,प्रदेश सशर्त तर्फबाट १ करोड र सामाजिक सुरक्षा भता बालपोषण समेतको २१ करोड रहेको बजेट प्रस्तुत गरिएको छ ।

प्रस्तुत बजेटको व्यय तर्फ गरिएको अनुमान वडा कार्यालयहरुलाई उपलब्ध श्रोत र प्राथमिकताका आधारमा जम्मा रु.७ करोड १० लाख रहेको छ भने विषयगत शाखाहरुका लागि ४ करोड ७८ लाख ३६ हजार रहेको छ । जसमध्ये शिक्षा युवा तथा खेलकुद तर्फ,स्वास्थ्य शाखा तर्फ,कृषि विकास शाखा तर्फ,रोजगारी तथा लघुउधम तर्फ,पशु सेवा तर्फ,महिला तथा बालबालिका,अपांग,दलित,पिछडिएको क्षेत्र तर्फ र संस्थागत विकास तथा सुशासन तर्फ रहेको छ। त्यस्तै नगर स्तरीय परियोजना तर्फ १३ करोड रहेको छ।

प्रस्तुत बजेट मध्ये प्रशासकिय भवन निर्माण लागत साझेदारी,वडा कार्यालय भवन निर्माण,स्वास्थचौकी भवन निर्माण,सडक कालो पत्रे,सडक ढलान,सडक स्तरोन्नति ग्राभेल र प्रस्तावित जनमुखी कार्यक्रमहरु आदि रहेको वृन्दावन का नगर प्रमुख विनोद प्रसाद कुर्मीले निति तथा बजेट प्रस्तुत गर्दै जानकारी गराए । साथै वहाँले यहाँका मालिक प्रथा हटाएर आफू सधै जनताको दासको रुपमा काम गर्ने बताउदै अबको केही दिनमै वृन्दावनमा अमुल्य परिवर्तन हुने र वृन्दावन सुखी र समृद्ध वृन्दावन बनने बताउनुभयो । नगर प्रमुख कुर्मीले शिक्षा,स्वास्थ कृषि र भौतिक पुर्वधारको मध्यनजर गर्दै नगरसभाकोखुला सत्र सम्पन्न गरेको छ ।

नगरसभाको सभा अध्यक्षता नगर प्रमुख विनोद प्रसाद कुर्मीले गर्नुभएको थियो भने सभामा स्वागत मन्तव्य नगर उपप्रमुख संगिता कुमारी रामले गरेकिथिइन् । त्यसैगरी कार्यक्रमको प्रमुख अथितिको रुपमा नेकपा एसका नेता तथा संविधान सभा सदस्य रामकुमार भट्टराई र विशिष्ट अथितिको रुपमा मधेस प्रदेशका उधोग प्रयटन तथा वन राज्य मन्त्री नागेन्द्र यादव,प्रदेश सांसद हसिमा खातुन,नेकपा एसका युवा एवम् जुझारु नेता अरुण राम, अतिथिको रुपमा शिक्षक प्रभु पटेल,उपेन्द्र महतो,रामअधारा पासवान र भोला पासवान लगायत समाजसेवी सलामोदिन दर्जी रहेको थियो ।

कार्यक्रममा नगरभरीको विभिन्न दलका राजनीतिककर्मी,स्वास्थ कर्मी,शिक्षक-शिक्षिका,जेष्ठ नागरिक बुधिजिवि,भद्र भलादमी र पत्रकार,प्रशासन लगायत स्थानीय जनसमुदायको समेत सहभागीता रहेको थियोे ।

वृन्दावन नगरपालिकाको नगरसभासँगै रौतहटका १८ वटा स्थानीय तहमध्ये १६ वटाको नगर सभा सम्पन्न भएको हो । र अझै २ वटा स्थानिय तहको नगरसभा अन्योलमै छ । जसमध्ये जिल्लाको फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाको नगरसभा हुन सकेका छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here