रौतहट ०२ साउन ।। रौतहट जिल्लामा सशस्त्र प्रहरीले अवैध लागुऔषध गाँजासहित भारतीय नम्बरको स्कारपियो बेवारिसे अवस्थामा बरामद गरेको छ । आइतबार राति सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प फतुवा महेशपुर द्वारा खटेको टोलीले गाँजासहित भारतीय नम्बरको स्कारपियो बेवारिसे अवस्थामा फेला परेको हो ।
जिल्लाको राजपुर नगरपालिका वाड नं ६ राजपुर कुडिया पानी ट्यांकीस्थित आँपको बगैंचामा लुकाई छिपाई राखेको भारतीय डि एल ४ सी एन बी ६२२९ नबरको स्कारपियोमा अवैध लागुऔषध २०० केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी ११ नं गणले जानकारी दिएको छ ।
सुरक्षा बेसक्याम्प फतुहा महेशपुरबाट सशस्त्र प्रहरी निरीक्षक बिनुप श्रेष्ठको कमान्डमा खटिएको टोलीले विशेष सुराकीको अधारमा नेपालबाट लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको उक्त परिमाणको लागुऔषध गाँजा फेला पारी बरामद गरेको हो । १३ वटा पोका प्रति पोका १४ केजी ८ सय ग्रामको हिसाबले टोटल १ सय ९२ केजी ४०० सय ग्राम उक्त गाडी सहित पक्राउ गरिएको छ ।
बरामद भएका गाडीसहित गाँजालाई आवश्यक कारबाहीका लागि ११ नं गण हजमिनिया दरवार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार उक्त गाडीमा गौर नगरपालिका वडा नं ४ टिकुलिया टोलका धर्मेन्द्र सहनीको चालक अनुमतिपत्र फेला पारेको हुँदा सहनीलाई पक्राउ गर्न टोलीसमेत परिचालन गरिएको छ ।