रौतहट २८ असार ।। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका स्थित वागमती नदीमा डल्फीन जस्तो देखिने माछा फेला परेको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकाको प्रख्यात धेरै पुरानो बजार पिपरामा अति दुर्लभ प्रजातिका डलफिन जस्तो देखिने माछाको बच्चा बिक्री गर्न राखिएको पयिएको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरा स्थित वागमती नदीमा करेन्ट जाला लगाएर माछा मार्ने क्रममा डल्फीन जस्तो देखिने माछा फेला परेको हो । दुर्गा भगवती गापा वडा न . २ घर भएका राजकुमार सहनीले वागमतीमा करेन्ट जाला लगाउदा उक्त प्रजातिका माछा भेटाएपछि विक्रीको लागि पिपराबजारमा ल्याए ।

पिपराबजारमा डलफिन जस्तो देखिने प्रजातिका माछा विक्री गर्न राखेपछि मानिसहरुको भिड लागेका थिए । माछा मार्ने सहनीले प्रतिकिलो १ हजार मोल राखेपछि बजारमा आउने व्यक्तिहरु हेरेर फर्किने गरेको स्थानीयले बताए । माछाको तौल करिव ११ किलोग्राम तौल रहेको बतायिएको छ । यदी डल्फीन हो भने विक्री गर्न र खान दुबै प्रतिबन्ध रहेको स्थानीयहरु बताउँछन् ।

माछा विशेषज्ञ राधेश्याम झाको अनुसार यो, “डल्फीन माछा नै हो, यसको संरक्षण गर्नु पर्दछ, मार्नु ठूलो अपराध हो” । समुद्रबाट भारत हुदै नेपाल तिर आएको हुँदा यसलाई संरक्षण गर्नु पछै उनले तराई टप संग भने । डल्फीन संरक्षण धेरै स्थानहरुमा भईरहदा यहाा पनि यस्ता प्रजातीको माछाको संरक्षण गरेर आन्तरिक पर्यटनलाई टेवा पुर्यानुपर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले माछालाई नियन्त्रणमा लिइसकेका छौ र आवश्यक अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई खवर गरिसकेको बताए । दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहले सोमवार दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा नजिक यस्तै प्रजातीका थुप्रै माछाहरु देखिएको बताए । यदी डल्फीन नै हो दुर्गा भगवती क्षेत्रमा माछा मार्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने बताए । प्राय माछा पानीको धारको विपरित हिड्ने गर्दछ त्यसै हुनाले यी प्रजातीको माछा भारतबाट नेपाल तिर आएको हुन सक्ने आशंका समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here