महोत्तरी २९ असार ।। महोत्तरीको एक विद्यालयका हेडमास्टर र अध्यक्षमाथि ५० हजार घुससहित पक्राउ परेका पछि मुद्दा दायर गरिएको छ । ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका महोत्तरी एकडाराका एक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माथि अख्तियार दुरुपयोग अनुन्धान आयोगले मुद्द दायर गरेको छ ।

एकडारा गाउँपालिकाको माध्यमिक विद्यालयका प्रधानध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानमाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गत जेठ १९ गते दुबैजनालाई अख्तियारले जलेश्वरको एक होटेलबाट घुससहित पक्राउ गरेको थियो ।

विद्यालययको खेलकुद मैदान स्त्ररोन्ति गर्ने क्रममा विभिन्न बाहानामा काम गर्न नदिएर अध्यक्ष र प्रधानध्यापकले ५० हजार घुस लिएको आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि आजै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुष्टि भएसँगै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३(१०)बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here