काठमाडौं, २४ फागुन ।। जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आज विहान फोन गरेर आँफै सरकारमा सहभागी हुन आग्रह गरेपछि यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्न राजी भएका हुन् ।

जसपाले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति बनेको छ । जसअनुसार यादव स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेर जाने छन् । अर्को रिक्त रहेको वन मन्त्रालयमा भने कसलाई पठाउने भन्नेबारे अहिले एकिन नभएको जनाईएको छ ।

तर, मन्त्रीको लागि प्रदीप यादव र नवलकिशोर साह सुडीको नाम चर्चामा छ । प्रधानमन्त्री दाहालले आजै नाम दिएर सरकारमा सहभागी हुन गरेको आग्रहलाई अध्यक्ष यादवले स्विकारेको उच्च स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here