रौतहट १५ असार ।। हनुमत कु . यादव ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको वडा न .७ मुडवालवामा रहेको श्री नेमधारी वासुदेव नमुना माध्यमिक विधालयले विधालयका बिधार्थीहरुलाई दिवा खाजाको नगदी राशी बितरण गरिएको छ । राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी प्रसाद यादव द्वारा बिधार्थीहरुलाई दिवा खाजाको नगदी राशी बितरण गरिएको छ । शैक्षिक सत्र २०७६ को ३०१००।- २०७७ को ६३१८०० ।- रकम दिवा खाजाको रकम वितरण गरिएको छ ।

नगरपालिका बाट दिएको दिवा खाजाको रकम ९३२८००।- मा विधालय बाट ८४००।- मिलाई ९४१२००।- रकम वितरण गरिएको छ । विधालयमा बिधार्थी अनुपात बढी भएको कारण दिवा खाजा बनाई खुवानेमा समय नस्ट हुने कारणले खाजा नखुवाई रकम वितरण गरिएको प्रध्यानाध्यापक रवि शंकर यादवले बताएका छन् ।

तत्कालिन नगर प्रमुखले राजनेतिक द्वेषका कारण समयमा बजेट नदिएकोले दिवा खाजाको रकम बितरणमा ढिलाई भएको प्र. यादवले बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख यादवले भन्ने मैले पढेको विधालय र पदको जिमेवारी अनुरुप म संग हुने जेजति सहयोग हुन्छ गर्न एक कदम पनि पछाडी हट्दैन भन्ने प्र्तिब्धता गरेका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष रामेश्वर प्रसाद यादव, विशिष्ट अतिथि जिल्ला समन्वय समिति सदस्य सर्फलाल प्रसाद यादव, वडा अध्यक्ष विजय शंकर प्रसाद यादव, नेपाली कंग्रेस पार्टीका नगर सभापति धर्मेंदर यादव,नगर कार्यपालिका सदस्य पनालाल महतो , वडा सदस्य कृष्नान्दन महतो,शिक्षक, शिक्षिका, समाजसेवी, बुद्धजीवि, अभिभावक, लगायतका भ्र्भालाआदमी हरुको उपस्थी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here