रौतहट २२ चैत ।। रौतहट जिल्लाको मौलापुरमा हिजो सोमवारका दिन रास्ट्रियता, सुशासन र समृद्धिका लागि देशमा भईरहेको भ्रस्टचार,बेथित अन्त्य गर्नको निमित मूलनारा का साथ नेपाल सुशासन पार्टीको बृहत आमसभामा आफ्नो मन्तब्य राख्दै नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा सुशासन नरहेको ठोकुवा गरेका छन् ।

रौतहट जिल्लाको मौलापुरमा सुशासन पार्टी जिल्ला समिति द्वारा सोमबार आयोजित सभामा अध्यक्ष खरेलले म तत्कालीन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु यदि साँच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो । हिन्दू संघ वीरगञ्जको अध्यक्ष काशीनाथ तिवारी लगायत हत्याकाण्डमा प्रभु साहको संलग्नता रहेको दोहोर्यौदै उनले हत्यारा भ्रष्टाचारीलाई सजाय दिलाउन तथा देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको दाबी गरे ।

पूर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको सक्रियतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्याशी आर सि यादव ,जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताहरुले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी कडा कारवाही गर्न सम्बन्धित निकाय संग जोडदार रुपमा माग गरेका थिए । सो अवसर बिभिन्न पार्टी परित्याग गरी सुशासन पार्टी प्रवेश गर्नेहरुलाई केन्द्रीय अध्यक्ष खरेलले फुलको माला र टिका लगाई पार्टी प्रवेश गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here