रौतहट २२ चैत ।। मधेस प्रदेशमा नवनिर्वाचित प्रदेश सभापति कृष्ण यादवको एकलौटी निर्णयप्रति नेता कार्यकर्ताहरू असन्तुष्टि देखिएको छ । नेपाली स्थानीय तह चुनाव आउन केही दिन बाँकी छँदा नेपाली कांग्रेस मधेस प्रदेशमा प्रदेश समितिले एकलौटी रूपमा समितिहरू गठन गरेको भन्दै मधेस प्रदेश कांग्रेसभित्र असन्तुष्टि देखिएको हो ।

कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवले एकलौटी ढंगबाट कार्यसम्पादन र संसदीय समिति गठन गरेको भन्दै प्रदेश समितिका सदस्य जीवनाथ चौधरीले आपत्ति जनाए । चौधरीले चुनावमा एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा सभापति यादवले एकलौटी निर्णयगरि नेता–कार्यकर्ताहरूमा असन्तुष्टि बढाउने काम गरेको आरोप लगाए ।

‘नेपाली कांग्रेस मधेस प्रदेशका सभापतिले एकलौटी रूपमा काम गर्न थालेका छन्। उम्मेदवार छनोट गर्न २० दिनभन्दा पनि कम समय बाँकी रहेको बेला खुला हृदयका सबै पक्षलाई समेटेर कार्यसम्पादन र संसदीय समिति गठन गर्नुपर्नेमा एकलौटी गरिएको छ,’ चौधरीले भने, ‘सभापतिको एकलौटी निर्णयले नेता–कार्यकर्ताहरूमा चरण असन्तुष्टि देखिएको छ।

उनले सबै पक्ष र समूहलाई समेटेर समितिहरू गठन गर्न माग गरे ।

पार्टीलाई एकढिक्का बनाउन नसक्दाको परिणाम स्मरण गर्दै पुनः त्यही गल्ती नदोहोर्याउन चौधरीले नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् । ‘विगतमा पार्टीलाई एकढिक्का बनाएर चुनावमा जान नसक्दाको परिणाम सबैले भोगेकै छौं। विगतको गल्ती नदोहोर्याइ कांग्रेसलाई जिताउन एकढिक्का बनाउन नेतृत्वसँग मेरो आग्रह छ,’ उनले भने, ‘प्रदेश सभापतिले गरेको मनोमानी सच्याउन केन्द्रीय नेतृत्वसँग पनि मेरो अनुरोध छ ।

प्रदेश सभापति यादवले सोमबार आफूनिकट प्रदेश सदस्यहरूलाई समेटेर कार्यसम्पादन र संसदीय समिति गठन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here