काठमाडौं ७ चैत ।। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको ‘म जन्मेँ नेपालमा’ बोलको गीत सार्वजनिक भएको छ । केपी ओलीले लेखेको गीत केही दिनअघि ‘बिजी म्युजिक’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा मदनगोपाल र आरके श्रेष्ठको स्वर रहेको छ ।

गीतमा मदन गोपालकै संगीत रहेको छ भने भिडियोलाई श्याम खड्काले निर्देशन गरेका हुन् । भिडिओमा सीएनएन हिरो अनुराधा कोइराला, डा. भोला रिजाल, क्याप्टेन विजय लामा, पूर्व फुटबलर हरि खड्का, तेक्वान्दो खेलाडी दिपक विष्टलगायतलाई फिचर्ड गरिएको छ।

यसअघि अध्यक्ष ओलीले लेखेको गीत ‘म त भाग्यमानी’ यूट्युबमा सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here