काठमाडौं २२ चैत ।। सत्तारुढ पाँचदलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको तिन दिवसय भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको हो। बैठकमा आफ्नो भारत भ्रमणको विषयमा प्रधानमन्त्री देउवाले ब्रिफिङ पनि गरेका छन्।

मुख्य ७ अजेण्डाका साथ गएका प्रधानमन्त्री देउवाको तिन दिवसय भारत भ्रमण सफल रहेको सत्तारुढ पाँचदलीय गठबन्धनले दावी गरेका छन् । साथै देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत अन्तरक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here