जनकपुरधाम ०९ असा ।। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बिज्ञान प्रबिधिको बिकास नै बिकासको मुल आधार रहेको बताएका छन् । बिज्ञान प्रबिधिको बिना बिकास समृद्धिको परिक्ल्पना गर्न सम्भव छैन उन्ले बताए ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा युवा परिषद नेपालको आयोजनामा सुरु भएको २ दिवसिय राष्ट्रिय युवा बैज्ञानिक सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले बिज्ञानको अध्ययनले कुनैपनी समाजको गरिबी दुर गर्न सकिने उल्लेख गर्दै नेपाल जस्तो आर्थिक रुपले पछाडी परेको देशको बिकासको मुहान नै बिज्ञानको विकास बन्नेमा आफू बिश्वस्त रहेको बताए ।

बिज्ञान प्रबिधिमा हामी पछाडी रहेको मुल कारण केन्दृकृत मानसिकता रहेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले मधेश प्रदेशको लक्ष्य नै बिज्ञान प्रबिधिको विकास र स्थानिय स्तरको प्रबिधिको अनुसंधान रहेको बताए ।

प्रदेश निर्माण भैसक्दा समेत संघ अझै अधिकार दिनमा कंजुस्याई गरिरहेकाले आफ्नो प्रदेशले लिएको लक्ष्य प्राप्ती गर्न केही समय अझै लाग्ने उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here